१४ मंसिर २०८३, आईतवार
‘वामपन्थीको गढमा काङ्ग्रेसको कब्जा’ कीर्तिपुरमा कांग्रेस विजयी
काठमाडौँ । वामपन्थी गढका रुपमा परिचय बनाएकाे कीर्तिपुर नगरपालिकामा काङ्ग्रेस उम्मेद्वार विजयी भएका छन । कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी निर्वाचित भएका हुन् । उन्ले ९ हजार ४३ मत प्राप्त गरे ।
एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका छन् । त्यसैगरी उपमेयरमा काङ्ग्रेसकै शुभलक्ष्मी शाक्य निर्वाचित भएकी छिन् । उनले ८ हजार ६६५ मत पाइन ।
एमालेकी बिन्दु महर्जनले ७ हजार २०६ मत प्राप्त गरिन् ।माओवादी केन्द्रका मेयर उम्मेदवार शिवशंकर महर्जनले ४ हजार ९० र एकीकृत समाजवादीका बटुकृष्ण थापाले १ हजार १ सय ५३ मत प्राप्त गरे । कीर्तिपुरको १० मध्ये ९ वडाध्यक्ष कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार दिनेशचन्द्र दाहाल निर्वाचित भएका छन् ।
Subscribe
Login
0 Comments


