१४ मंसिर २०८३, आईतवार

स्थानीय निर्वाचनमा कांग्रेसले जित्यो १०० स्थानीय तह, एमाले धेरै पछि

एसीपी संवाददाता

३ जेष्ठ २०७९, मंगलवार ००:३५ मा प्रकाशित

काठमाडौं ।  वैशाख ३० गते देशभर एकै पटक सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ।मध्यरात १ बजेसम्म अनुसार २२६ स्थानीय तहको गणना सकिएको छ।

अहिलेसम्मको नतिजाअनुसार कांग्रेसले १०० पालिका जितेर पहिलो भएको छ। नेकपा एमालेले ६४ पालिका जितेर दोस्रो हुँदा माओवादी केन्द्रले ५० मत जितेर तेस्रो स्थानमा छ।   यसैबिच शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा २०९ स्थानीय तहको मत परिणाम सर्वाजनिक भएको छ। जसमा नेपाली कांग्रेसले सबैभन्दा धेरै ९३ पालिकामा जित हासिल गरेको छ। यसैगरी ६० पालिका जित्दै नेकपा एमाले दोस्रो स्थानमा रहेको छ। ४६ पालिका सहित नेकपा माओवादी तेस्रो स्थानमा रहेको छ।

यसैगरी स्वतन्त्र सहित अन्य दलले ६ पालिका जितेका छन्। नेकपा एसले ४ गाउँपालिकामा जित सुनिश्चित गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x