२ आश्विन २०८३, शुक्रबार

लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गरिने, यी हुन् नेपाल-भारतबीच भएका ६ समझदारी

एसीपी संवाददाता

४ जेष्ठ २०७९, बुधबार १०:२० मा प्रकाशित

काठमाडौं। लुम्बिनी र भारतको कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्न नेपाल-भारत सहमत भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा भएको द्विपक्षीय वार्ताका क्रममा दुवै पक्ष लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्न सहमत भएका हुन्।

साथै यसको आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित स्थानीय अधिकारीहरुलाई जिम्मेवारी समेत दिइएको छ।

द्विपक्षीय वार्ताका क्रममा दुई देशबीच विभिन्न ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्।

जसमध्ये लुम्बिनी बौद्ध विश्वविद्यालयमा डाक्टर अम्बेडकर चियर फर बुद्धिष्ट स्टडिज स्थापना गर्ने विषयमा विश्वविद्यालय र इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आईसीसीआर)बीच एमओयुमा हस्ताक्षर भएको छ।

त्यस्तै, आईसीसीआर र सीएनएएस त्रिविबीच आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापनासम्बन्धी एमओयुमा हस्ताक्षर भएको छ। काठमाडौं विश्वविद्यालय र आईसीसीआर विश्वविद्यालयमा आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापना सम्बन्धी एमओयुमा हस्ताक्षर भएको छ।

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी- मड्रास (आईआईटी-एम) बीच एमओयु र स्नातकोत्तरमा संयुक्त कार्यक्रम सञ्चालनसम्बन्धी समझदारीसम्बन्धी पत्र हस्तान्तरण भएको छ।

त्यस्तै दुई देशबीच सतलज जलविद्युत निगम लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच अरुण चौथो परियोजना विकास तथा कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x