१४ मंसिर २०८३, आईतवार
बाँकेको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको अग्रता
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छब्बन खाँले मतान्तर बढाउँदै लगेका छन् । उनी १२९० मतान्तरका साथ अग्रस्थानमा छन् ।
हालसम्म ११६८९ मत गणना हुँदा खाँले ३८४७ मतका साथ अग्रता कायमै राखेका हुन् । एमालेका हिमान्शु यादव दोस्रोमा छन् । उनले २५५७ मत पाएका छन् । जसपाका राजिब बर्मा तेस्रो स्थानमा रहँदै २२७७ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै रामप्यारी यादवले ४०११ मत ल्याएकी छिन् । उनी २१९७ मत अन्तरले अघि छिन् । नेकपा माओवादी केन्द्रका रक्षाराम बर्माले १८१४ मत र एमालेकी भूमिसरा धितालले १६७३ मत पाएकी छिन् । जानकीमा १, २ र ३ नम्बर वडाको गणना सम्पन्न भएको छ । अहिले वडा नम्बर ४ को गणना जारी छ ।
Subscribe
Login
0 Comments


