१४ मंसिर २०८३, आईतवार

नेपालगन्जमा प्रशान्त र कमरुद्दिन जित नजिक, प्रशान्त ९६४७ मतान्तरले अघि

एसीपी संवाददाता

५ जेष्ठ २०७९, बिहीबार १६:०७ मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा प्रशान्त विष्ट जितको नजिक पुगेको छन् । हालसम्म १९ वडाको मतगणना सकिँदासम्म विष्ट १९७८४ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका एमालेका पशुपतिदयाल मिश्रले १०१३७ मत पाएका छन् । विष्टले ९६४७ मतान्तरले लिड गरेका छन् । तेस्रो स्थानमा रहेका नन्दलाल बैश्यले ६६५५ मत पाएका छन् ।

यस्तै उपमेयरमा जसपाका कमरुद्दिन राई १४७९५ मतका साथ अगाडि छन् । उनलाई पछ्याइरहेकी एमालेकी शान्तिदेवी ढकालले ९५९२ मत ल्याएकी छन् । उनीहरुको मतान्तर ५२०३ छ । राप्रपाकी बिन्दु चर्ती मगरले ८८९१ मत पाएकी छिन् । अहिले नेपालगञ्जका वडा नम्बर १२, १३, १४ र १५ मतगणना जारी छ । वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १६, १७, १८, १९, २०, २१, २२ र २३ को मतगणना सम्पन्न भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x