१४ मंसिर २०८३, आईतवार

राप्तीसोनारीमा नवनिर्वाचित अध्यक्ष पौडेलसहित सबै जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

एसीपी संवाददाता

६ जेष्ठ २०७९, शुक्रबार ०१:४० मा प्रकाशित

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षसहित सबै  जनप्रतिनिधिलाई आज राप्तीसोनारी निर्वाचन अधिकृतको कार्यालयले  प्रमाणपत्र वितरण गरेको छ ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषासिंह थारुसहित सबै  ९ वडा अध्यक्ष र सदस्यलाई आज एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको हो ।

प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै राप्तीसोनारीका मुख्य निर्वाचन अधिकृत टोपेन्द्र केसीले आइतबारसम्म अध्यक्ष पौडेललाई सपथ ग्रहण गराउने तयारी भइरहेको बताए । उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यलाई अध्यक्ष पौडेलको सपथ ग्रहण पश्चात् गराइने केसीले बताए । 

राप्तीसोनारीको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपले सम्पन्न गराउन सफल भएकोमा सबै मतदाता र राजनीतिक दल, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सबैलाई केसीले धन्यवाद व्यक्त गरेका छन् ।

 

 

 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x