१४ मंसिर २०८३, आईतवार

स्थानीय तह निर्वाचन मतगणना:कञ्चनपुरमा कांग्रेसको विजयी सुरुवात

एसीपी संवाददाता

६ जेष्ठ २०७९, शुक्रबार ०१:४६ मा प्रकाशित

नेपालगन्ज ।  कञ्चनपुरको  लालझाडी ६ मा नेपाली कांग्रेसले विजयको सुरुवात गरेको छ ।  निर्वाचन क्षेत्र नम्बर १ को लालझाडी गाउँपालिकाका ६ नम्बर वडामा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन् ।

जोशीले ४५४ मत ल्याएर विजयी भएका हुन् । त्यसैगरी महिला सदस्य ज्ञानमती राना ४२९, दलित महिला सदस्य पदकी उम्मेदवार हिरा बिक ४३७, सदस्य महेन्द्र चौधरी ४३१ , सदस्य लिला चौधरी ४३२ मत ल्याएर विजयी भएका छन् ।

लालझाडी ६ बाट गाउँपालिका प्रमुख पदका नेपाली कांग्रेसका उम्मेदवार श्रीकृष्ण राना ४३०, उपप्रमुख राधा राना ४६८ मतका साथ अग्रता कायम गरेका छन्  । मतगणना जारी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x