७ कार्तिक २०८१, बुधबार

कोरोना संक्रमित बारे चर्चा पाएको नरैनापुृरमा संम्वाद समूहको सहजीकरणपछि विद्युत विस्तारीकरण

एसीपी संवाददाता

१२ जेष्ठ २०७७, सोमबार १२:२७ मा प्रकाशित

नेपालगञ्ज, जेठ १२ गते –कोरोना अति प्रभावित नरैनापर क्षेत्रमा विद्युतीकरण विस्तार शुरु गरिएको छ । सम्वाद समूह, बाँकेको पहलमा सरोकार पक्षसँग निरन्तर सम्वाद र सहजीकरण गरिएपछि नरैनापुर गाउँपालिकाको हुलाकी सडकमा आजदेखि विद्युत पोल गाड्ने र तार टाँग्ने काम एक साथ शुरु गरिएको हो । नेपालगञ्ज–फत्तेहपुर हुँदै नरैनापुर–५ जमुनाहासम्म विद्यत लाइन पुगेपनि नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइयामा अझैं विद्युत पुग्न सकेको छैन । कोरोनाको बढ्दो संक्रमणबाट आक्रान्तहरुको सहज जीवन यापन र लक्ष्मणपुर स्वास्थ्य केन्द्रको स्तारोन्तीसहित तत्काल सेवा प्रवाह गर्नका लागि विद्युत आवश्यक भएपनि विद्युतीकरणको ठोस पहल नभइरहेको अवस्थामा सम्वाद समूह, बाँकले पहलकदमी लिएको हो । यस अघि अनेकन जोखीम र अवरोधकाबीच शुरु गरिएको विद्युतीकरण कार्य लकडाउनका कारण पुनः दुइ महिनादेखि अवरुद्ध थियो ।

सम्वाद समुह, बाँकेको सहजीकरणमा जिल्ला प्रशासन कार्यालयको अनुमतीअनुसार ठेकेदारमार्फत मजदुर परिचालन गरेर विस्तार कार्य अगाढी बढाइएको छ । नरैनापर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको भएपनि विद्युतीकरणको जिम्मा पाएको त्रीलोक रेणु कन्सट्रक्शनले आजैदेखि काम शुरु गरेको छ । आम जनताको आवश्यक्ता र मागका आधारमा विद्युतीकरण विस्तार कार्य शरु गरिएको हो । सम्वाद समूह, बाँकेले विद्यत प्राधिकरण क्षेत्रीय कार्यालय प्रमख मुनीन्द्र ठाकुर, बाँकेका प्रमख जिल्ला अधिकारी कुमार बहादर खडका, जिल्ला प्रहरी प्रमुुख विर बहादुर वली, नरैनापर गाउँपालिकाका प्रमख मो इस्तियाक अहमद शाह लगायतसँग छुट्टाछुट्टै समन्वय र सम्वाद सहजीकरण गरेपछि काम गर्ने बातावरण बनेको हो । प्राधिकरणका अनुसार–मटेहिया जमुनाहादेखि नरैनापुर सम्म एक सय ६ वटा पोल गाडीएसकिएको भएपनि तार टाँगीएको छैन । अब नरैनापुरदेखि लक्ष्मणपुर सम्म ८९ र कटकुइया सम्म ५० वटा पोल गाडीने र तार टाँगीने छ । बढ्दो गर्मीमा टिनको छाना भएका विद्यालयमा निर्मीत क्वारेन्टाइनमा अहिले सयौं व्यक्ति कष्टकर दिन काटीरहेका छन् । विद्युत नभएकै कारण अत्यावश्यक भ्याक्शीनको समेत अभाव हुने गर्दछ । सञ्चारका साधान (टेलीफोन, टिभी, ल्यापटप, मोवाईल) समेत प्रयोग गर्न अनेकन समस्या झेल्नु पर्ने विवसता रहदै आएको छ ।

नरैनापर क्षेत्रको प्रतिनीधीत्व गर्न हुने प्रदेश सभा सदस्य कृष्णा केसी(नमूना) नेतृत्वको सम्वाद टोलीले विशेष पहल गरेको थियो । सम्वाद सदस्य समेत रहनु भएकी केसीले विद्युतीकरणले कोरोना संक्रमण रोकथाम र नियनत्रण, परिक्षण र उपचार तथा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्ती समेतका लागि मद्यत पुग्ने विश्वास व्यक्त गर्नु भयो । विद्यत प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख मुनीन्द्र ठाकुरले विद्युत विस्तारीकरणको कार्य तदारुकताका साथ बढाउन हर सम्भव प्रयास गरिएको बताउनु भयो । ठाकुरका अनुसार–अबको १५ दिनभित्र विद्युत विस्तार गरि सकिने छ । नरैनापुर गाउँपालिका प्रमुख शाहले विद्युत विस्तारको कार्यले खुसी बनाएको भन्दै चिकीत्सकसहितको टोली परिचालन लगायतमा पनि सहयोग गरिदिन अनुरोध गर्नु भयो ।

बाँकेका सहाक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले अत्यावश्कीय सेवा अन्तगर्त विद्युत विस्तारको कामलाई प्राथमिकतामा राखीएको बताउनु भयो । सम्वाद समूह, बाँकेले यस अघि राप्तीपारीको विद्युत र हुलाकी सडक विस्तारमा देखीएको अवरोधमा पनि सहजीरकण गरेको थियो । पछिल्लो चरण कोरोना रोकथाम र नियन्त्रण लगायतका जनसरोकार सवालमा पनि प्रदेश सरकार, सांसद, सरकारी निकाय, स्थानीय सरकार प्रमुख, राजनीतिक दल लगायत सरोकार पक्षसँग पनि आवश्यक सम्वाद गरिसकिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x