१४ मंसिर २०८३, आईतवार

कोहलपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका पुर्ण आचार्यको अग्रता

एसीपी संवाददाता

८ जेष्ठ २०७९, आईतवार ०१:२७ मा प्रकाशित

नेपालगन्ज । कोहलपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका पुर्ण आचार्यले अग्रता कायम गरिरहेका छन् । हालसम्म १० वटा वडाको मतगणना गर्दासम्म कांग्रेसका आचार्यले नेकपा एमालेका खिल प्रसाद भुसाललाई ५४९ मतले पछि पार्दै जितको संघारमा पुगेका छन्  ।

अहिले वडा नम्बर ६ मा ७५० मतगणना हुँदासम्म आचार्यले १०१०१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका भुसालले ९५५२  मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी संगीता सुवेदीले पनि अग्रता कायम गरिरहेकी छिन् । उनी नेकपा एमालेकी अस्मिता कुमारी थारु भन्दा २१७ मतले अगाडि छिन् । सुवेदीले हालसम्म १०५९५ मत र थारुले १०३४२ मत प्राप्त गरेकी छिन् ।

किन रुचाए आचार्यलाई मतदाताले ?

अहिलेसम्म मतगणनाको आधार हेर्दा कांग्रेसका आचार्यले जित्ने निश्चित बनिसकेको छ । लुम्बिनी प्रदेशभित्र पर्ने नगरपालिका मध्येकै सबैभन्दा नगर प्रमुखका कान्छा उम्मेदवार आचार्यको सहयोगी मन, मिलनसार छविका कारण कोहलपुरका मतदाताहरुले उनलाई रुचाएका छन् ।

द्वन्दपीडित र एक संघर्षशील नेता समेत रहेका आचार्य  संकटमा समेत सक्रिय बनेका कारण पनि सबैको प्रिय बन्दै मतदाताको अपार मत प्राप्त गरिरहेका छन् । कोरोना महामारीको बेला “हुने खानेले हुँदा खानेलाई सहयोग गरौ” भन्ने अभियान संचालन गरी कोहलपुर नगरपालिका भित्रका अति बिपन्न र भोकमरीमा परेका १ हजार बढी परिवारलाई खाद्यान्नको जोहो गरेका कारण पनि गरिवदु:खीहरुको समेत माया  पाएका छन् । यति मात्रै होइन, कोरोना सन्त्रासका कारण  धेरै नेताहरु घरभित्र सीमित रहेको बेला आचार्यको सक्रियता लोभलाग्दो रहेको कोहलपुरका स्थानीयहरुको रोजाईमा परेका छन् ।

नेता आचार्यले  कोरोना महामारीकै समयमा कोहलपुर नगरपालिकाभित्र संचालित क्वारेन्टाइनमा आफ्नै ब्यक्तिगत लगानीमा हरियो तरकारी बितरण  गर्दै कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सामाग्री बितरणमा पनि महत्त्वपूर्ण भूमिका खेलिसकेका छन् । संकटका बेला गरेको सहयोगकै कारण नेता आचार्य सबैका प्रिय पात्र झै बनेका छन् ।

सबैका प्रिय बनेका  आचार्यले द्वन्दकालमा हत्या गरिएका नेबिसंघका नेता चोकबहादुर खत्रीको नाममा  कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा  १ लाख ५० हजार रुपैयाँको छात्रवृत्ति कोष र राम माध्यमिक विद्यालय कोहलपुर १४ मा शहिद जागेश्वर थारुको नाममा  १ लाख रुपैयाँको छात्रवृत्ति कोषको स्थापना गरेर सामाजिक कार्यमा एक अब्ब्ल नेताका रुममा आफूलाई सहयोगी नेताका रुपमा समेत  स्थापित गरिसकेका कारण र उनको इमान्दारिताका कारण  आचार्यलाई कोहलपुरका स्थानीय मतदाताहरुले दिएको मतका आधारमा  नगर प्रमुख  पदमा देख्न आतुर भएको प्रष्ट देखिन्छ । यिनै कारणले उनले मतगणनाको अन्तिमसम्ममा प्रतिद्वन्दीलाई भारी मतान्तरले पराजित गर्ने देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x