साहु समाज समितिद्वारा समाजका नवनिर्वाचितलाई सम्मान तथा शुभकामना
श्याम कुमार शाहु । साहू समाज समिति र साहू समाज युवा समिति द्वारा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा २१ नम्बर वडाको अध्यक्षमा राज कुमार साहू निर्वाचित हुँदा सम्पुर्ण साहू समाज समिति र साहू समाज युवा समिति ले समान गरेका हो ।
सभापती हंस राम साहूको अध्यक्षता सम्पन्न भएको सम्मान कार्यक्रममा विभिन्न ब्याक्तीहरु शुभकामना दिएका थिए । वाड नं २१ का निर्वाचित अध्यक्ष राज कुमार साहू लगायत सम्पूर्ण पद अधिकारीहरू सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा समाजका प्रेम लाल साहू ले २१ नं वाड मा निर्वाचित गर्न सफल रहेको बताईएको छ ।
युवा समिति का अध्यक्ष राम किशुन साहू ले भने की पहिलो पटक साहू समाज का मान्छे हरु को चुनावमा राम्रो उपस्थितिले देखेंको हुँदा हामी धेरै खुशी छौं ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि वाड नं २१ का नवनिर्वाचित राज कुमार साहूले सबै लाई धनबाद दिदै भने की चुनावमा सहयोग गर्नु भएको जनतालाई समेत धन्यवाद दिए । २०७४ साल मा चुनाव लडेका थिए तर असफल भएका थिए तर २०७९ साल मा सफल भएको छू तस्ते तपाईंहरू पनि निरन्तर प्रयास गरी रहनु पर्छ अनि मात्र सफलता हात लाग्छ । जहिले देखि युवा समिति गठित भए देखि समाज मा ऊर्जा आएको छ र जहिले पनि मेरो आवश्यकता भए म हाजिर हुने बताउनु होला म हाजिर हुने छु । 



