१४ मंसिर २०८३, आईतवार

कोहलपुर नगरपालिकाका मेयर आचार्यले गरे पदभार ग्रहण

एसीपी संवाददाता

१० जेष्ठ २०७९, मंगलवार ०१:३२ मा प्रकाशित

कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मेयर आचार्यले कोहलपुर बनाउने अभियानमा सबैलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । उनले कोहलपुरलाई विकसित र समृद्ध बनाउन सबैसंग हातेमालो गरेर अघि बढ्ने बताए ।

पदभार ग्रहण गर्नुअघि नेपालगञ्ज पुगेर मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश खडानन्द तिवारीबाट पद तथा गोपनियताका सपथ लिएका आचार्यले कोहलपुर नगरपालिकाको कार्यालयमा उपमेयर संगिता सुवेदी, १५ वडा अध्यक्षहरु, सदस्यहरुलाई सपथ खुवाएका थिए ।

सपथ ग्रहण तथा स्वागत कार्यक्रममा मेयर आचार्यले कोहलपुरबासीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उपमेयर सुवेदीले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् । निवर्तमान मेयर लुटबहादुर रावत, निवर्तमान उपमेयर सञ्जुकुमारी थारु, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

पदभार ग्रहण गर्दै गरे यस्ता निर्णयमा हस्ताक्षर

उपमेयर आचार्यले पदभार ग्रहण गर्दै विभिन्न सात निर्णयमा हस्ताक्षर गरेका छन् । टोल फ्रि नम्बर सञ्चालन गर्ने, जनता समक्ष उपस्थित भई अन्तरक्रियामा भाग लिने गरी सिधा कुरा मेयरसंग सञ्चालनमा ल्याउने, रोजगार बैंकको स्थापना गर्ने, अति विपन्न, दलित एवम् लक्षित वर्गका विद्यार्थीलाई स्नातकसम्म निःशुल्क अध्ययनका लागि छात्रबृत्ति उपलब्ध गराउन सरकारी विश्वविद्यालयका आंगिक क्याम्पसहरुसंग सहकार्य गर्ने, विज्ञ समूह गठन गर्ने लगायतका निर्णयमा मेयर आचार्यले हस्ताक्षर गरेका हुन् ।

हेर्नुस् निर्णय

No photo description available.No photo description available.

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x