१४ मंसिर २०८३, आईतवार

क्वाड समिटमा विश्वका नेताहरुले गरे मोदीको प्रशंसा, चीन फेल हुँदा भारत पूर्ण सफल भएको निष्कर्ष

एसीपी संवाददाता

१० जेष्ठ २०७९, मंगलवार १२:०६ मा प्रकाशित

काठमाडौं । जापानको टोकियोमा क्वाड सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड महामारीलाई लोकतान्त्रिक तरिकाबाट सफलतापूर्वक नियन्त्रण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् ।

बाइडेनले महामारीको सामना गर्न चीन असफल भएको र भारतले कुशल सफलता निकालेको भन्दै तुलना गरे । बाइडेनले मोदीको नेतृत्वमा भएको सफलताले दुनियालाई लोकतन्त्रमा जे पनि सम्भव छ भन्ने देखाएको उल्लेख गरे ।

बाइडेनले चीन र रुसजस्ता निरंकुश शासक भएका देशले लोकतान्त्रिक प्रक्रियाबिना सजिलै निर्णय गरेर लागु गर्न सक्ने र तुरुन्तै सबै कुरा नियन्त्रण तथा परिवर्तन गर्नसक्ने भन्ने भ्रम भारतको उदाहरणले तोडेको पनि बताए ।

त्यसैगरी अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थनी अल्बनीजले भारतले कोभिड महामारीमा विभिन्न देशलाई खोप सहयोग गरेर महामारी नियन्त्रणमा भूमिका खेलेको भन्दै मोदीको प्रशंसा गरे ।

भारतले समयमै खोप दिँदा महामारी नियन्त्रणमा सघाउ पुगेको भन्दै यस्ता सफलता विचारहरुको सैद्धान्तिक बहस जित्नुभनेदा बढी मूल्यवान भएको उल्लेख गरे। जापानका प्रधानमन्त्री किशिदाले भारतको योगदानको सराहना गरे । क्वाड भ्याक्सिन इनिसएटिभअन्तर्गत भारतबाट खोप थाइल्याण्ड र कम्बोडियामा कृतज्ञका साथ पाएको कुरा स्मरण गरे ।

उनले कम्बोडियामा प्रधानमन्त्री हुन सेन स्वयं खोप हस्तान्तरण समारोहमा सहभागी भएको पनि स्मरण गरेका थिए । जापान भइरहेको क्वाड सम्मेलनमा विश्वका नेताहरुले प्रधानमन्त्री मोदीको खोप कुटनीतिको खुलेर प्रशंसा गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x