१४ मंसिर २०८३, आईतवार

जबरजस्ती करणी उद्योग मुद्दाका फरार चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ

एसीपी संवाददाता

११ जेष्ठ २०७९, बुधबार ००:३८ मा प्रकाशित

काठमाडौँ– जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनियाँ नागरिक ४५ वर्षीय लि छेनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यो पनि समाचार पढ्नु होला –     चिनियाँ दूतावासको दादागिरी , अपराधमा सलग्नलाई छोडन दबाव दिदै

पक्राउ परेका चिनियाँ नागरिक चन्द्रागिरि नगरपालिका–३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका सञ्चालक हुन् । उनले २०७८ फागुन २६ गते दिउँसो आफ्नै कम्पनीको अफिस कोठाभित्र २३ वर्षीया महिलालाई कोही नभएको मौका पारी जबरजस्ती करणी गर्न खोजेको भन्ने जाहेरी प्रहरी वृत्त थानकोटमा परेको थियो । 

फाईल तस्बिर – चिनियाँहरुले गरेको नेपालमा एटिएम ह्याकिङ सङ संबंधित हो ।

जिल्ला अदालत काठमाडौँले २०७८ फागुन २९ गते ती चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिएको थियो । यो पनि समाचार पढ्नु होला –     नेपालमा अवैध रुपमा लुकेर साइबर अपराधमा संलग्न चिनियाँ नागरिकलाई छोड्न चिनियाँ ‘सुन्दरी’ को दबाब

उनीमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x