१४ मंसिर २०८३, आईतवार

विकासप्रेमी सांसद शाहको एक्सन : सुरु भयो सिर्सिहवा-बालानगर- झुलनिया सडकको कालोपत्रे, २८ करोड लागत

एसीपी संवाददाता

११ जेष्ठ २०७९, बुधबार १०:५२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश कपिलवस्तुको कृष्णनगरका विकासप्रेमी संघीय सांसद अभिषेक प्रताप शाहको पहलकदमीमा जिल्लाभित्रका सडक कालोपत्रे प्रारम्भ भएको छ ।

शाहको अगुवाईमा कृष्णनगर, लक्षमीनगर, सिर्सिहवा, बालानगर, बेदमऊ, हरिगवा, लालपुर, मधुनगर हुँदै झुलनिया (सिर्सिहवा- बालानगर- झुलनिया सडक ७.५ किलोमिटर) चौराहसम्मको कालोपात्रे पिच निर्माण प्रारम्भमा भएको हो । सोमबार शाहले उक्त सडकको शिलान्यास गरेका छन् ।

शिलान्यासका क्रममा भूमि पुजन र जेसीभीको पूजा पंडित बाल कृष्ण चतुर्वेदीले गरेका थिए । यस कार्यक्रमको अध्यक्षता वडा नम्बर ४ का वडाध्यक्ष घनश्याम अग्रहरीले गरेका थिए ।

कृष्णनगर नगर प्रमुख (मेयर) रजतप्रताप शाह, संघीय सांसद शाह, कार्यक्रम आयोजक तथा सांसद प्रतिनिधि र वडा नं. १० को नव निर्वाचित वडाध्यक्ष हरि पाल चतुर्वेदी, सुर्य प्रताप सिंहलगायत विभिन्न राजनीतिक, समाजिक, व्यक्तिहरुको उपस्थिति थियो ।

सन्नीउल्ला घोबीले सञ्चालन गरेको कार्यक्रममा सिर्सिहवा चौकीका सई पवन पाण्डे र सशस्त्र प्रहरी बलका जनक शाहीको नेतृत्वमा उपस्थिति थियो। कालोपत्रे कार्यान्वयन गर्ने कार्यालय सडक विभाग, सडक डिभिजन शिवपुर रहेको छ । इन्जिनियर – निशा वेलवासे रहेकी छन् ।

अयोजनाको नाम कृष्णनगर, लक्षमीनगर, सिर्सिहवा, बालानगर, बेदमऊ, हरिगवा, लालपुर, मधुनगर हुँदै झुलनिया (७.५ कि.मि.) खण्ड रहेको छ । वैशाख १४ गते सम्झौता भएको ठेक्का २०८१ वैशाख १३ गते अर्थात २४ महिनाभित्र सम्पन्न हुनुपर्नेछ ।

निर्माण व्यवसायको नाम कश्यप/महेश/सत्यवती जे.भी. रहेको छ । सम्झौता रकम १५ करोड ३० लाख ९ हजार ७३१ रुपैयाँ रहेको छ । यो पीएस तथा मु.अ.का बाहेक हो । ठेक्कामा ७.५ कि.मी. सडक, १२ वटा पाइप कल्भर्ट, ५ वटा स्ल्यब कल्भर्ट, बस्ती क्षेत्रमा तीन किमी नाली र सडकको चौडाई ८.५ मिटर रहेको छ । सांसद शाहले सडकको काम गुणस्तरीय, मिलावटरहित, सरकारी मापदण्ड अनुसार नै गर्न निर्देशन दिए ।

कुनै प्रकारको कमी अथवा मिलावटी भयो भने कारवाही हुने चेतावनी दिए । राम्रो कार्य गरे सांसद तथा नगरपालिकाबाट पुरष्कृत गरिने पनि उल्लेख गरे । जुन भविष्यमा उपयोगी हुने उल्लेख गरे ।

कृष्णपुर नगरपालिकाका मेयर रजतप्रताप शाहले जुन तरिकाले नगरको विभिन्न सडक बनाउने काम भइरहेको छ, त्यही तरिकाले यो सडकको सम्पन्न हुने बताए । ‘जनताको लागि मा र मेरो कलम तात्पर्य रहने छु । पहिला पनि थिये अहिले पनि छु र भविष्यमा पनि रहने छु,’ उनले भने ।

यस योजनाअन्तर्गत कुनै पनि सहयोग चाहिएमा आफूले सहजीकरण गरिदिने वडा नम्बर ४ का वडाध्यक्ष घनश्याम अग्रहरीले प्रतिबद्धता जनाए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x