१४ मंसिर २०८३, आईतवार

एक दिन भारत-पाकिस्तान सम्बन्ध सुमधुर हुन्छ – विदेशमन्त्री

एसीपी संवाददाता

११ जेष्ठ २०७९, बुधबार १५:४७ मा प्रकाशित

काठमाडौं। पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले एक दिन पाकिस्तान र भारतबीचको सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका छन् । स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकका क्रममा बोल्दै उनले भारतसँग पाकिस्तानको सम्बन्ध अगाडि नबढिरहेको स्वीकार गर्दै आफ्नो देशले भारतलाई कूटनीतिक कारणले मात्र नभई आर्थिकरूपमा पनि संलग्न गराउन सक्ने बताएका हुन् ।

“आज नभए भोलि, त्यो दिन अवश्य आउनेछ, जब हाम्रो सम्बन्ध सुमधुर बन्नेछ र हामी आफ्नो पूर्ण आर्थिक क्षमता विस्तार गरुी समृद्धिको फल बाँड्नेछौँ,” भारतसहितका छिमेकीसँग आर्थिक  एवं व्यापारिक अवसर खोल्न पाकिस्तानले थालेका प्रयासबारे जानकारी दिँदै विदेशमन्त्री जर्दारीले भने ।

हाल भारतसँग पाकिस्तानको सम्बन्ध स्पष्टरूपमा अगाडि नबढेको तर एक दिन अन्तरराष्ट्रिय संस्थासँगको सहयोग र समन्वयमा अन्तरराष्ट्रिय व्यवस्था सुनिश्चित गर्ने स्थितिमा पुग्ने विश्वास व्यक्त गर्दै उनले कुनै न कुनै दिने छिमेकी भारतसँग कूटनीतिकरुपमा मात्र नभई आर्थिकरूपमा पनि संलग्न हुने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x