१४ मंसिर २०८३, आईतवार

काठमाडौं महानगरपालिकाको प्रमुख मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित

एसीपी संवाददाता

१३ जेष्ठ २०७९, शुक्रबार ०१:४७ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनी लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए। उनले पाँच दलसहितको सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारमाथि भारी मतान्तरले जित निकालेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे । आँखीझ्याल चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत ल्याए ।

उपप्रमुख उपमेयरमा भने सुनिता डंगोल अत्याधिक मतले निर्वाचित भएकी छिन्। उनले ६८ हजार ६१२ मत प्राप्त गरिन्। देशभरका जनप्रतिनिधिमध्ये सुनिताले प्राप्त गरेको मत सबैभन्दा धेरै हो ।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए । १ लाख ९१ हजार १ सय ८६ मत खसेको काठमाडौंमा मतगणना सुरु गरेको दुई सातापछि अन्तिम परिणाम सार्वजनिक भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x