१४ मंसिर २०८३, आईतवार
भरतपुर महानगरपालिकाकी मेयर रेणु सवार गाडी दुर्घटना
भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ ।
दुर्घटनामा उनको टाउकोमा चोट लागेको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुर अगाडि उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी आज दुर्घटनामा परेको हो ।
रेणु सवार गाडीले बिजुलीको पोललाई ठक्कर दिएको हो । उनलाई उपचारको लागि सुमेरु अस्पताल लगिएको छ । रेणुको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
Subscribe
Login
0 Comments


