१४ मंसिर २०८३, आईतवार

पाँच वर्षमा सरकारी ऋण दोब्बरले बढेर १८ खर्बमाथि, प्रत्येक नेपालीको भागमा ६५ हजारभन्दा धेरै

एसीपी संवाददाता

१५ जेष्ठ २०७९, आईतवार १२:०० मा प्रकाशित

काठमाडौं । सरकारले आइतबार अपरान्ह आगामी आर्थिक वर्षको बार्षिक बजेट सार्वजनिक गर्दैछ । बजेट निर्वाचन केन्द्रीत हुने र राष्ट्रिय योजन आयोगले दिएको सिलिङ भन्दा केही बढाएर ल्याउने तयारी भइरहँदा सरकारले तिर्न बाँकी बाह्य र आन्तरिक ऋण पाँच वर्षमै दोब्बरले बढेर १८ खर्बमाथि पुगेको छ ।

देशको अर्थतन्त्र खराव नकारात्मक भइरहेका बेला सरकारको आन्तरिक तर्फ मात्रै ८ खर्ब ६३ अर्बभन्दा माथि तिर्न बाँकीरहेको देखिएको छ । नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ बराबर पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

शनिबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार ८ खर्ब ६३ अर्ब १९ करोड आन्तरिक ऋण तिर्न बाँकी छ भने ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ बाह्य ऋण छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा ६५ हजार ५ सय हाराहारीमा ऋणभार देखिएको छ ।

यस्तो ऋण आर्थिक वर्ष ०७४÷७५ मा ९ खर्ब १७ अर्ब बराबर थियो । त्यसयता क्रमसः बढ्दै यति पुगेको हो । बढ्दै गएको ऋणको सरकारले चालु आर्थिक वर्षको फागुनसम्म ६६ अर्ब ४७ करोड बराबर साँवाब्याज तिरेको छ । जसअनुसार सरकार खर्च गर्ने कुल बजेटको १० प्रतिशतमाथि ऋणको साँवाब्याज तिर्नमा खर्च भइरहेको देखिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x