१४ मंसिर २०८३, आईतवार

रात परेपछि सम्पर्कविहिन तारा एयरको जहाजको खोजी कार्य स्थगित

एसीपी संवाददाता

१६ जेष्ठ २०७९, सोमबार ००:३१ मा प्रकाशित

नेपालगन्ज । सम्पर्कविहिन भएको तारा एयरको जहाज खोज्न हिँडेको नेपाली सेनाको टोलीले उद्दार गर्ने काम स्थगित गरेको छ। 

आज बिहानबाट सम्पर्कविहिन भएको तारा एयरको जहाज खोजी तथा उद्धार गर्न खटिएको टोलीले प्रतिकुल मौसम र  रात परेकाले खोजी स्थगित गरेको  नेपाली सेनाले जनाएको छ ।

खोज तलास र उद्दार कार्यमा खटिएको टोलीले भोलि बिहानैबाट पुनः खोजी कार्य सुरू गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिएका छन् ।

मुस्ताङको मानापाथी हिमाल आसपासको क्षेत्रमा बाक्लो हुस्सुसँगै पानी परिरहेकोले पैदल मार्गबाट समेत उद्दार टोलीले जान सकेको छैन ।  अन्धकार र प्रतिकुल मौसमका कारण  खोजी कार्य रोक्दै भोलि बिहान सुरु गरिने सैनिक प्रवक्ता  सिलवालले बताए ।

उक्त सम्पर्कविहिन तारा एयरको जहाज आज बिहान पोखरादेखि जोमसोमका लागि उडान भरेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x