१४ मंसिर २०८३, आईतवार

सुन्दर हरिजनको मृत्युको छानबिन र दोषीलाई कारबाही गर : दलित आयोग

एसीपी संवाददाता

१७ जेष्ठ २०७९, मंगलवार ०५:५४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय दलित आयोगले रोल्पा कारागारमा सुन्दर हरिजन मृत भेटिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

चोरी आरोपमा जेल परेका हरिजन आफ्नो कैद अवधि सकिएपछि पनि सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो । आयोगले सजाय पाउनुपर्ने व्यक्तिले उन्मुक्ति पाउनु र सजाय नै नपाउनुपर्ने व्यक्तिलाई नियोजित ढंगले जेल सजाय गरिनुमा गम्भीर लापरवाही भएको बताएको छ ।  यो घटनामा बाँके जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला प्रहरी कार्यालय, कारागार प्रशासन बाँके, रोल्पा जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय र रोल्पा कारागार प्रशासनको गम्भीर लापरबाही भएको आयोगको भनाइ छ ।    आयोगले यस विषयमा गम्भीर छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न र सुन्दर हरिजनको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x