१४ मंसिर २०८३, आईतवार

मेयर बालेन शाहलाई सिसडोलवासीको चेतावनी,‘माग पुरा नभएसम्म फोहर फाल्न दिन्नौँ’

एसीपी संवाददाता

१८ जेष्ठ २०७९, बुधबार ००:५५ मा प्रकाशित

काठमाडौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा विजयी भएकै दिन मेयर बालेन्द्र शाह सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका थिए । शुक्रबार दिउँसो केही सहयोगी लिएर उनी सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फ्याँकिएको फोहोरलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर त्याहाँ पुगेका थिए । महानगरपालिकाका मेयर बालेन्द्र शाहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए ।

वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर शाहका सचिवालयका कर्मचारी मात्र थिए । सरकारसँग वार्ताको विषयमा महत्त्वपूर्ण भूमिका खेलेका स्थानीय सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानालाई बोलाइएको थिएन । एकतर्फी रूपमा केहीलाई मात्र बोलाएको भन्दै स्थानीय थप आक्रोशित भएका थिए । स्थानीयले मेयर घोषणा भएपछि मेयर शाहले गरेका वाचा पूरा नगरेसम्म फोहोर विसर्जन गर्न नदिने अडान कायम राखेका छन् ।

शाहले भर्खरै पदबहाली भएका छौँ, अबको केही दिनपछि माग पुरा गर्नेछौँ भनेर केही दिन फोहोर विसर्जन गर्ने समय माग गरेको भए बन्चरेमै फोहोर व्यवस्थापन हुने जिकिर गर्दै स्थानीय भन्छन्,‘तर उहाँले फोहोर विसर्जनको अवस्था सुधार नभएसम्म फोहोर विसर्जन गराउँदिन भन्नुभएको थियो, हामी उहाँको वाचा पूरा नभएसम्म फोहोर फ्याँक्न दिन्नौँ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x