१४ मंसिर २०८३, आईतवार

जनप्रतिनिधि र कर्मचारीलाई राजनीति गर्ने छुट छैनः नगर प्रमुख विष्ट

एसीपी संवाददाता

१८ जेष्ठ २०७९, बुधबार ०१:०१ मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाभित्र जनप्रतिनिधि र कर्मचारीलाई राजनीति गर्न छुट नदिने बताएका छन् ।

नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई आज सपथग्रहण गराउँदै नगर प्रमुख विष्टले राजनीति गर्ने चाहना भए सरकारी सेवाबाट अलग रहन कर्मचारीहरुलाई सचेत गराए । उनले नगर प्रमुख र उपप्रमुख समान भएको भन्दै कार्यपालिका सदस्यहरुलाई बैठकमा दलीय प्रभावबाट मुक्त रहन आग्रह गरे । नेपालगञ्ज बनाउन जनताले बिश्वास गरेको भन्दै उनले जनताले मतदान गरेर गरेको सहयोगलाई असल काम गरेमा मात्रै ऋण तिर्न सकिने बताए ।

उपप्रमुख कमरुद्दिन राईले पार्टीगत  प्रतिष्पर्धाबाट निर्वाचित भएको भएपनि अबका दिनमा सबै जना मिलेर नमूना र सुन्दर शहर बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले कार्यपालिकाले नगरको वृहत्तर हितमा निर्णय गर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत जगतवहादुर बस्नेत लगायत कर्मचारी र  नवनिर्वाचित पदाधिकारीहरुको सहभागिता भएको कार्यक्रममा कार्यपालिका सदस्यहरु वसन्त कनौजिया, बिक्रम चिडिमार, विना थापा, शोभा खटिक, संगिता रेग्मी, अमृता कुमारी सिंह, कुमारी पुष्पा सिंह र मोहम्मद मुजम्मिल हुसेन हल्वाईले सपथग्रहण गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x