१४ मंसिर २०८३, आईतवार

नेपालगञ्ज १२ मा जेष्ठ नागरिक क्लब पुनर्गठन, अध्यक्षतामा अजित शर्मा

एसीपी संवाददाता

२० जेष्ठ २०७९, शुक्रबार ०१:२३ मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा जेष्ठ नागरिक क्लब पुनर्गठन गरिएको छ । अजित कुमार शर्माको अध्यक्षतामा आज १५ सदस्यीय जेष्ठ नागरिक क्लब पुनर्गठन गरिएको हो ।

क्लबको उपाध्यक्षमा बुद्धिमाया बज्राचार्य र लाल बहादुर मल्ल, सचिव धर्मदत्त सुवेदी, कोषाध्यक्ष नारायणप्रसाद शर्मा र तारा कुमारी थापा राना मगर रहेका छन् । यस्तै सदस्यहरुमा ओमप्रकाश शर्मा, राधा पौडेल, शान्ति कोरी, चन्द्रकला शर्मा, लिलावती थापा राई, हरिभजन चिडिमार, अमरिका रैदास, व्रिजरानी चिडिमार र श्यामलाल नेपाली छन् । यस्तै क्लबको सल्लाहकार समिति पनि गठन गरिएको छ ।

डम्बरराज सुवेदी संयोजक रहेको सल्लाहकार समितिमा दिवाकर गौतम, नरनारायण सेन, लोकनाथ शर्मा, सुमित्रा बुढाथोकी र सत्तार शेष छन् । आज सम्पन्न भेलाले जनकराम भण्डारीलाई नगर प्रतिनिधि चयन गरेको वडा अध्यक्ष तरुण कुमार बज्राचार्यले बताए ।

No description available.May be an image of 11 people, people standing, people sitting and indoor

 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x