१४ मंसिर २०८३, आईतवार

अमेरिकी एफ १८ ‘सुपर होर्नेट’ लडाकु विमान भारत आए

एसीपी संवाददाता

२० जेष्ठ २०७९, शुक्रबार ०२:०५ मा प्रकाशित

 काठमडौं। अमेरिकाका दुई बोइङ एफ/ए– १८ ई सुपर होर्नेट लडाकु विमान भारत आएका छन् । लड्न सक्ने क्षमता प्रदर्शन गर्न अमेरिकाले भारतमा दुई लडाकु विमान पठाएको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डिया पीटीआईले जनाएको छ । 

ती लडाकु विमान भारतको गोवा राज्यमा रहेको नौसैनिक अखडा पुगेको पीटीआईले जनाएको छ । भारतीय नौसेनाले भारतमै निर्मित विक्रान्त लडाकु विमानवाहक युद्धपोतका लागि लडाकु विमान खरिद गर्ने योजना बनाइरहेका बेला अमेरिकी लडाकु विमानलाई भारतीय नौसैनिक क्षेत्रमा पठाइएको हो ।

यसअघि गत जनवरी महिनामा भारतीय नौसेनाले रफायल लडाकु विमानको लड्न सक्ने क्षमता प्रदर्शन गर्नका लागि अभ्यास गरेको पीटीआईले जनाएको छ ।

भारतीय नौसेनाको लडाकु विमानवाहक युद्धपोत विक्रान्त यही अगस्ट महिनाबाट नौसैनिक सेवामा प्रवेश गर्ने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x