१४ मंसिर २०८३, आईतवार

माओवादी केन्द्र सर्लाहीका प्रभावशाली नेता कांग्रेस प्रवेश, प्रदेश र जिल्ला उपसभापतिले गरे स्वागत

एसीपी संवाददाता

२० जेष्ठ २०७९, शुक्रबार १०:०० मा प्रकाशित

सर्लाही । नेकपा माओवादी केन्द्र सर्लाहीका प्रभावशाली नेता चन्दबहादुर विक नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

माओवादीनिकट दलित संघ सर्लाहीका उपसभापतिसमेत रहेका विक शुक्रबार कांग्रेस प्रवेश गरेका हुन् ।

सर्लाहीको बरहथवा नगरपालिका ४ निवासी विकलाई शुक्रबार एक समारोहका बीच कांग्रेस मधेस प्रदेश उपसभापति तथा प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले टीका, खाँदा लगाएर पार्टी प्रवेश गराए ।

समारोहमा कांग्रेस सर्लाहीका जिल्ला उपसभापति डा. सरोजकुमार यादवले माओवादी त्यागेर आएका विकलाई पार्टी सदस्यता प्रदान गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x