उत्तराखण्डको चम्पावत सिटमा मुख्यमन्त्री धामीको सानदार जित
काठमाडौँ । भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले विधानसभा उपनिर्वाचनमा सानदार जित हासिल गरेका छन् । शुक्रबार विहान सम्पन्न मतगणनामा धामीले कंग्रेस उम्मेदवार निर्मल गहतोडीलाई ५४ हजार १२१ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन् । यससँगै उनी आगामी पाँच वर्षका मुख्यमन्त्री पक्का भएका छन् ।
मार्चमा सम्पन्न विधानसभा निर्वाचनअन्तर्गत उत्तराखण्डमा भाजपा मुख्यमन्त्री धामीकै नेतृत्वमा चुनाव लडेको थियो । धामीको नेतृत्वमा भाजपाले उत्तराखण्डमा बहुमत हासिल गरे पनि धामी भने खटिमा क्षेत्रबाट पराजित भएका थिए । उनी पराजित भए पनि भाजपाले उनलाई दलको नेता चुन्दै ६ महिनाभित्र उपनिर्वाचनमार्फत विधानसभामा आउनेगरी मुख्यमन्त्री नियुक्त गरेको थियो ।
मुख्यमन्त्री धामीका लागि चम्पावतबाट जितेका भाजपा विधायक कैलाह गहतोडीले राजीनामा दिएर सिट खाली गरेका थिए । उक्त सिटमा मे महिनाको ३१ तारिखमा भएको उपनिर्वाचनमा मुख्यमन्त्री धामीले प्रचण्ड बहुमतले जित हासिल गरेका हुन् ।


