१४ मंसिर २०८३, आईतवार

कांग्रेस बाँकेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्दै

एसीपी संवाददाता

२२ जेष्ठ २०७९, आईतवार ०१:०० मा प्रकाशित

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई भोली सम्मान गर्दैछ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भई नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गर्न लागिएको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए ।

जिल्ला समन्वय समितिको हलमा विहान ११ बजे पार्टीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्न लागिएको हो । सभापति गौडेलले बधाई तथा सम्मान कार्यक्रममा उपस्थितिका लागि पार्टीपंक्तिलाई आह्वान गरेका छन् ।

May be an image of 6 people and text that says 'राष्ट्रियता लोकतन्त्र!! समाजवाद!!! नेपाली काँग्रेसबाट उम्मेद्वार भई निर्वाचित हुनु भएका जन प्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम मिति :-२०७९/०२/२२ गते आयोजक नेपाली काँग्रेस, बाँके समय -बिहान ११:०० बजे स्थान: जिल्ला समन्वय समितिको हलमा'

बाँकेमा नेपाली कांग्रेसबाट ६ जना प्रमुख/अध्यक्ष, ६ जना उपप्रमुख/उपाध्यक्ष तथा २८ जना वडा अध्यक्षले निर्वाचन जितेका छन् । पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरुलाई सम्मान गरिँदैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x