१४ मंसिर २०८३, आईतवार
काठमाडौंको कनक पेट्रोल पम्पमा बिष्फोट हुँदा दुई जना घाइते
काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पको टयांकी विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।
काठमाडौं १२ टेकुमा इन्धन राख्ने ट्यांकीको ढक्कन खोल्ने क्रममा आज साँझ विष्फोट भएर पर्साका ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
पम्पको ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा खोल्दा विष्फोट भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई ट्रमा सेन्टर पठाइएको छ ।
Subscribe
Login
0 Comments


