२ आश्विन २०८३, शुक्रबार
आइफामा कृतिलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड
बलिउड अवार्ड आइफा यूएईको अबुधाबीमा शनिबार सम्पन्न भएको छ ।
अवार्ड समारोहमा सिद्धार्थ मलहोत्रा र कियारा आडवाणी स्टारर ‘शेरशाह’को वर्चस्व रह्यो । ‘सरदार उधम’बाट विकी कौशलले उत्कृष्ट अभिनेता र ‘मिमी’बाट कृति सेननले उत्कृष्ट अभिनेत्रीको अवार्ड जिते । ‘शेरशाह’ले उत्कृष्ट फिल्मसहित चार अवार्ड जित्यो । विष्णु बर्धनले यो फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जिते ।

आइफामा सलमान खान, ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, विक्की कौशल, कृति सेनन, अनन्या पाण्डे, सारा अली खान, एआर रहमान, टाइगर श्राफ, नोरा फतेही, नरगिस फाखरी, पंकज त्रिपाठी लगायत सहभागी थिए ।
Subscribe
Login
0 Comments


