१४ मंसिर २०८३, आईतवार
आफ्नै पार्टीबाट अविश्वासपछि बेलायतका प्रधानमन्त्रीले विश्वासको मत लिँदै
काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिँदै छन् । यदि उनी विश्वासको मत लिन असफल भएमा उनले प्रधानमन्त्रीको पदबाट हट्नुपर्ने हुनसक्छ ।
हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उनीप्रति अविश्वास पेश गरेका छन् ।
पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो । उनले आजै पार्टीका सांसदहरुको मतको सामना गर्दै छन् ।
गत वर्ष कोभिड१९ महामारीका बेला नियमत उल्लंघन गरेको बिषय बाहिरिएपछि उनको आलोचना बढ्दै गएको थियो ।
Subscribe
Login
0 Comments


