१४ मंसिर २०८३, आईतवार
अब सप्ताहमा एक दिन मात्र बिदा
काठमाडौं। सरकारले अबदेखि फेरि हप्तामा एक दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि सरकारले परीक्षणको रूपमा जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
आइतबारको मन्त्रिपरिषद्को बैठकले आइतबारको बिदा हटाउने निर्णय गरेको हो । अब हप्ताको एक दिन शनिवार मात्र बिदा हुनेछ ।
गत वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन जोगाउन तथा सार्वजनिक खर्चमा कटौती गर्ने हेतुले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । तर, यसको नतिजा गतीलो नदेखिएपछि सरकार पुरानै व्यवस्थामा पुगेको हो ।
Subscribe
Login
0 Comments


