१४ मंसिर २०८३, आईतवार

विकाश ठाकुरको कम्पनले ध्वस्त हुँदै अमरेश सिंहको साम्राज्य, हारगुहार गर्दै ‘अक्टोपस

एसीपी संवाददाता

२५ जेष्ठ २०७९, बुधबार ०७:३० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसमा गुटबन्दी र व्यक्तिगत स्वार्थ केन्द्रीत राजनीतिमा रमाउँदा अमरेश कुमार सिंह ‘अक्टोपस’ पतनको अवस्थामा पुगेका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद सिंह जिल्लाबाट महाधिवेशन प्रतिनिधिसमेत बन्न सकेनन् । क्रियाशील सदस्यमा पनि उनले विवाद झिकेका थिए । उनकै गुटबन्दीले सर्लाहीमा कांग्रेस कमजोर बनेको थियो ।
कामभन्दा गफ र फूर्तीमा रमाउने र यो देशको प्रधानमन्त्रीदेखि आईजीपी, पुलिस प्रशासन सबै गोजीमा हालेर हिँडेको धाक लगाउथे । उनको राजनीति यसरी नै चलिरहेको थियो । आफूलाई भारत निकट देखाएर उनले राजनीतिमा राम्रै बार्गेनिङ गरेर आफ्नो दुनो सोझ्याउँदै आएका थिए । भारत देखाएर केन्द्रमा आफ्नो स्वार्थ पूर्ति गर्ने र जिल्लामा कसैलाई नटेर्ने तथा गुटबन्दीमा उनी रमाएका थिए ।
तर उनको यो शैली चरम उत्कर्षमा पुगिरहेका बेला एकजना युवाले चुनौती दिए । सन् २०१८ देखि ती युवाले आक्रामक रुपमा अमरेशलाई चुनौती दिए । राजनीतिमा अमरेशको ज्यादतीविरुद्ध उनले सशक्त आवाज उठाउन थाले । ती युवा थिए, विकाश कुमार ठाकुर । सामाजिक र धार्मिक अभियन्ता, सञ्चार उद्यमी हुँदै नेपाली कांग्रेसको राजनीतिमा उदाउँदै गरेका ठाकुर सर्लाही निवासी हुन् ।
जिल्लामा अमरेशको आतंकको प्रतिवाद कसैले गर्न नसकेका बेला ठाकुरले प्रतिरोध थाले । उनले अमरेशका अनैतिक, अमर्यादित र स्वार्थ केन्द्रीत गतिविधिको भण्डाफोर गर्न थाले । लेखहरु लेखेर, सार्वजनिक फोरम र सामाजिक सञ्जालमार्फत बोलेर उनले सशक्त प्रतिवाद गरे । जुन आज पर्यन्त जारी छ ।
ठाकुरले थालेको प्रतिरोधको अभियानस्वरुप आज नतिजा पनि देखिएको छ । अमरेश पतनको बाटोतिर लागेका छन् । राजनीतिमा अमरेश जसरी अस्भाविक रुपमा उदाएका थिए, त्यसैगरी उनी पतनको अवस्थामा पुगेका छन् । माओवादी जनयुद्ध र शान्ति प्रक्रियाको फेरो समातेर जसरी उनी राजनीतिमा उदाएका थिए, त्यसैगरी उनमा उन्माद र अहंकार चढ्यो । उनले जिल्लालाई नटेर्ने र केन्द्रमा पनि धम्क्याउने तथा बार्गेनिङको राजनीति गरेका थिए । अन्तत: त्यो सबै अन्त्य हुने अवस्थामा पुगेको छ । यसको केन्द्रमा छन् ठाकुर ।
अमरेशको गलत नीतिविरुद्ध ठाकुर निरन्तर बोल्दै आएको परिणाम हो कांग्रेस बलियो हुनु । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सर्लाहीमा कांग्रेस पहिलो पार्टी बनेको छ । अमरेशको असहयोग, अझ हराउनेगरी गरेको अन्तर्घातका बीच पार्टी पहिलो बन्यो । त्यतिमात्रै होइन सर्लाही कांग्रेसले बलियो नेतृत्व पनि पाएको छ । लोकप्रिय नेता सुरेन्द्र सिंह सभापति छन् । स्थानीय चुनावमा अमरेशले पार्टीसँग बदला लिने आवेगमा आफ्नै पालिका गुमाए । उनी आफ्नो निर्वाचन क्षेत्रमै शक्तिहीन बनेका छन् । आगामी चुनावमा उठ्ने अवस्था पनि रहेन । त्यसैले उनी सर्लाहीबाट पलायन भएर अन्य जिल्ला पलायन हुने मनस्थितिमा पुगेका छन् ।
त्यतिमात्रै होइन अन्तर्घातको कसुरबाट पार्टी कारवाही गर्ने भएपछि उनी पार्टी नै परित्याग गर्नेसम्मको मनस्थितिमा छन् । यसका लागि उनले माओवादी अध्यक्ष प्रचण्डसँग पनि सम्वाद अगाडि बढाएका छन् । टिकट पाउने र जित्ने सुनिश्चितता भएमा उनी चाँडै नै माओवादी प्रवेश गर्नेसम्मको तयारीमा छन् । जिल्लामा पार्टीको पकड गुमाउने, महाधिवेशन प्रतिनिधिमै पराजित हुने र अब क्षेत्र नै गुमाउनेगरी शक्ति गुमाइरहेका अमरेशले आफ्नो प्रतिरोध गर्ने ठाकुरलाई रोक्न नखोजेका होइनन् । पुलिस प्रशासनदेखि उच्च राजनीतिक नेतृत्व तहबाटसमेत उनले ठाकुरलाई रोक्ने प्रयास गरेका थिए । तर हिम्मतिला ठाकुर कसैको पनि दबाबमा रोकिएनन् । पार्टीभित्र अमरेशको वेथितिविरुद्ध लडिरहे। बोलिरहे। लेखिरहे। त्यही भएर अहिले नतिजा हाम्रासामु प्रष्ट छ । पहरानेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x