१४ मंसिर २०८३, आईतवार

जापानका राजदुतले भेटे प्रधानसेनापति शर्मालाई

एसीपी संवाददाता

२५ जेष्ठ २०७९, बुधबार १२:२८ मा प्रकाशित

काठमाडौँ। नेपालका लागि जापानका राजदूत किकुता युताकाले बुधबार प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

राजदूत युताकाले सैनिक मुख्यालय जंगी अड्डा पुगी प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् ।

भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ,’ सेनाद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x