१४ मंसिर २०८३, आईतवार

काठमाडौं आएका दुई अन्तर्राष्ट्रिय जहाज भारतको लखनउ पुगे

एसीपी संवाददाता

२६ जेष्ठ २०७९, बिहीबार ०२:०५ मा प्रकाशित

काठमाडौं। मौसम अनुकुल नभएपछि बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी दुई वटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन् ।

मौसम गडबडीका कारण इन्डिगो एयरलाइन्स र विस्तारा एयरलाइन्सका दुवै जहाज भारतको लखनउ डाइभर्ट भएका हुन् ।

मौसम खराबीकै कारण जापानबाट आएका नेपाल एयरलाइन्स र दक्षिण कोरियाबाट आउँदै गरेको कोरियन एयरलाइन्स करिब एक घण्टा आकाशमै होल्ड गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेका थिए ।

मौसम प्रतिकुल भएपछि आज अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ उडान प्रभावित बनेको थिए ।

आन्तरिकतर्फ पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x