१९ आश्विन २०८३, सोमबार

मुस्लिम अगुवाद्वारा जालानलाई कारवाहीकाे लागि ज्ञापनपत्र

एसीपी संवाददाता

२८ जेष्ठ २०७९, शनिबार ०१:५१ मा प्रकाशित

राजेश जालान “विद्राेही” नामकाे फेसबुक एकाउण्टबाट इस्लाम धर्मका विरुद्ध सार्वजनिक सञ्जालमा अभिव्यक्तिप्रति आज नेपालगन्जमा प्रर्दशन गरिएको छ ।

इस्लाम धर्म विरुद्ध सार्वजनिक सञ्जाल फेसबुकमा अभिव्यक्ति दिएकाे विषय सार्वजनिक भएदेखि त्यसका विरुद्ध मुस्लिम समुदायले प्रदर्शन गर्दै कारवाहीको माग गर्दै आज शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापनपत्र बुझाएका छन् ।

जालानले इस्लाम धर्मका सन्देष्टको चरित्र माथि प्रश्न खडा गरी भारतकाे विवादलाई नेपालमा गराउने खालकाे स्टाटस लेखेकोले उनीमाथि कारवाही गर्न माग गर्दै युथटुडेका सम्पादक आलम खानद्वारा ज्ञापनपत्र बुझाइएको हो ।

कुनै पनि व्यक्तिले सद्भाव बिग्रिने खालकाे अभिव्यक्ति दिन नहुने बताउँदै नेपालगन्जकाे सद्भाव बिग्रिन सक्ने भएकाे हुँदा विवादास्पद धार्मिक अभिव्यक्ति दिने जालानमाथि तत्काल कारवाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र मार्फत माग गरिएकाे मुस्ताक अन्सारीले बताए ।

भारतीय जनता पार्टीले नुपुर शर्मालाई कारवाही गरि सकेकाे हुँदा साे स्वागत याेग्य कार्य भएकाे भनाई राख्दै नेपालगन्जमा जालानले उक्त विषय उठान गरेकाे हुँदा सद्भाव बिग्रिन सक्ने संकेत गर्दै छिटाेभन्दा छिटाे जालानलाई कानुनी दायरा भित्र ल्याई कारवाही गर्न मुस्लिम अगुवा मेराज हिमालले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x