२ आश्विन २०८३, शुक्रबार

भारतद्वारा निर्मित विद्यालय उद्घाटन

एसीपी संवाददाता

२८ जेष्ठ २०७९, शनिबार १३:३७ मा प्रकाशित

भारत सरकारको सहयोगमा निर्माण भएको सर्लाहीको श्रीफौद सिंह जनता माविलाई आज उद्घाटन गरिएको छ । सो दुई तल्लो माविको भवन मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (सुडी) तथा  भारतीय महावाणिज्यदूत नितेश कुमारले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सो विद्यालय भवन  शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रमअन्तर्गत निर्माण गरिएको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सो परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने “ आजादी का अमृत महोत्सव अन्तर्गत रहेको छ । सो विद्यालय नेपालमा यस वर्ष उद्घाटन गरिने ७५ परियोजनाहरू मध्ये एक हो ।

यो विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्‍याउने विश्वास भारतले लिएको छ । १५ वटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधा सहितको दुई तल्ले विद्यालय भवन निर्माणमा प्रयोग गरिएको छ । रातोपाटि 
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x