१४ मंसिर २०८३, आईतवार

समृद्ध राप्तीसोनारी’का लागि सरोकारवालासँग अन्तरक्रिया

एसीपी संवाददाता

२ असार २०७९, बिहीबार ०१:४० मा प्रकाशित

नेपालगन्ज । समृद्ध राप्तीसोनारी गाउँपालिकाका लागि सरोकारवालासँग आज गाउँपालिकाको कार्यालयमा छलफलका साथै अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

गाउँपालिकाको समृद्धि र विकासका लागि आयोजित अन्तरक्रिया  कार्यक्रममा गाउँपालिकावासी समेत रहेका पूर्व मन्त्री, पूर्व सभासद लगायतसँग अन्तरक्रिया कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले  बताए ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैले गाउँपालिकाको  समृद्धि र विकासका लागि सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए ।  गाउँपालिकाको विकासमा सबैको सहयोग बिना सम्भव नहुने कुरा सरोकारवालाले बताएका थिए । गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा  उपाध्यक्ष मनिषासिंह थारु, पूर्व मन्त्री प्रेमबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत  डाँगी, कांग्रेस नेता  डिल्ली गिरी लगायत अन्य सरोकारवालाको उपस्थिती  थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x