१४ मंसिर २०८३, आईतवार

कम्युनिस्टलाई परराष्ट्रमन्त्री खड्काको मुखभरीको जवाफ, सरकारले देश हितविपरीत कुनै सम्झौता गर्दैन

एसीपी संवाददाता

२ असार २०७९, बिहीबार ०१:४६ मा प्रकाशित

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणमा देश हितविपरीत कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । कम्युनिस्ट सांसदहरुले देउवाको भ्रमणमा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सम्झौता हुने भनेर उझालिरहेका बेला संसदमा जवाफ दिँदै मन्त्री खड्काले मिडियामा आएकोजस्तो कुनै किसिमको देश हितविपरीतको कार्य नहुने बताए । देश हितविपरीतको कुरा कांग्रेसले कल्पना पनि गर्न नसक्ने उनको भनाइ थियो ।

यस्तै उनले प्रधानसेनापति शर्माको अमेरिकाको भ्रमण यसभन्दा अघिका अन्य सेनापतिहरुले विश्वका विभिन्न भ्रमणहरु गरेजस्तै नियमित भ्रमण रहेको बताए ।

प्रधानमन्त्रीको अमेरिकाको भ्रमणको बारेमा मन्त्री खड्काले उच्चस्तरीय भ्रमण भइरहने प्रक्रिया रहेको बताए । उच्चस्तरीय भ्रमण पनि आफ्नो हितलाई प्रवर्द्धन गर्ने सशक्त माध्यम भएको र यो अन्तर्राष्ट्रिय जगतमा चलिरहने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x