१४ मंसिर २०८३, आईतवार

शुशील कोइरालाले एसपीपी अगाडि बढाएको हैन, केपी ओलीले होः बामदेव गौतम

एसीपी संवाददाता

३ असार २०७९, शुक्रबार १२:५० मा प्रकाशित

तत्कालिन कोइराला नेतृत्वमा रहेको सरकारको उपप्रधानमन्त्रीसमेत रहेका सांसद गौतमले राष्ट्रियसभा बैठकमा एसपीपीलाई कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने संसदमा उठाएपछि आफुले वास्तविकताको खोजी गर्दा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको भेटिएको बताए ।

उनले यसको सुरुवात कोइरालाको सरकारले गरेको भएपनि पत्र पठाउने स्वीकृत नदिएको र यसका लागि पहल समेत नगरेको बताए ।गौतमले सरकार परिवर्तन भएको एकमहिना नकट्दै तत्कालिन प्रधानमन्त्री ओली यसलाई अघि बढाउन अनुमति दिएपछि सेनाले पत्राचार गरेको दावी गरे ।

उनले अध्यक्ष ओलीलाई सत्य बताएर विवाद नबढाउन सुझाव दिए । सही कुरा गर्दा ओलीको कुनै पनि विगार नहुने भन्दै संसदमा आएर स्वीकार गर्न आग्रह गरे । वर्तमान कांग्रेस नेतृत्वको सरकारले यसलाई अघि नबढाउने कुरा आएपनि यस विषयमा भएको कुरा संसदमा आएर जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दिनुपर्ने उनको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x