महामन्त्री थापा तोकिएभन्दा करिब २ घण्टा ढिलोमात्र भेलास्थलमा पुगेका थिए । जसका कारण भेला नै ढिलोगरि मात्र शुरू भएको थियो । कोइराला पक्षका नेताहरूले भोली थप छलफल गर्ने बताएका छन् ।
भेलामा डा. कोइराला, चन्द्र भण्डारी, डा रामशरण महत, दिलेन्द्रप्रसाद बडू, जगदीशनरसिंह केसी, सञ्जय गौतमलगायत सहभागी थिए। भेलामा देशको समसामयिक राजनीति, पाँच दलीय गठबन्धन, देशको आर्थिक अवस्था र संघीय र प्रदेशसभा निर्वाचनबारे छलफल भएको थियो ।



