१४ मंसिर २०८३, आईतवार

बानियाँको दावी– मुख्यमन्त्री फेर्न सहमतिमै हस्ताक्षर गरेका हौं, चाँडै कांग्रेस नेतृत्वमा सरकार बन्छ

एसीपी संवाददाता

१७ असार २०७९, शुक्रबार ०५:४५ मा प्रकाशित

हेटौंडा । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा प्रदेशसभामा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री राजेन्द्र पाण्डेकै सहमतिमा कांग्रेस र माओवादीका सांसदको हस्ताक्षर संकलन गरिएको बताएका छन् ।

नेपाल प्रेसकर्मी नकुल अर्यालसँग हेटौंडामा कुरा गर्दै बानियाँले बहुमत प्रदेशसभा सदस्यको दस्तखत लिएर प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी गर्न जान सहमतिमै यो प्रक्रिया अघि बढाइएको दाबी गरे ।

बानियाँले भने, ‘यो हस्ताक्षर सहमतिकै आधारमा भएको हो । मुख्यमन्त्रीको पनि सहमति लिएरै यो प्रक्रिया थालिएको हो । सहज प्रक्रियाबाटै चाँडै बामगती प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x