१४ मंसिर २०८३, आईतवार

मल ल्याउन नसकेको भन्दै सत्तोसराप गर्ने कम्युनिस्टहरुलाई देउवा सरकारले कामले दियो जवाफ, किसानहरुमा खुसियाली

एसीपी संवाददाता

१८ असार २०७९, शनिबार १९:२२ मा प्रकाशित

काठमाडौं । भारतबाट २५ सय मेट्रिक टन युरिया मल विरगञ्ज भन्सार कार्यालय आइपुगेको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट ल्याउदै गरेको कुल २४ हजार ५०० मेट्रिक टन मध्ये २ हजार ५०० मेट्रिक टन मल विरगञ्ज आइपुगेको हो ।

बिहीबार मात्र विरगञ्ज आइपुगेको उक्त मल आजै जाँच पास भएर साल्टका विभिन्न क्षत्रीय तथा प्रादेशिक डिपोहरूमा वितरण भइसकेको छ।

बाँकी २२ हजार मेट्रिक टन मल पनि कल्कत्ता आइपुगिसकेको र अबको साता दिनमा सो मल समेत नेपाल भित्रिसक्नेछ।  थप ४ लाख ४० हजार बोरा अर्थात् २२ लाख मेट्रिक टन मल समेत छिट्टै आइपुग्ने छ ।

यस्तै, यता विराटनगर भन्सार हुँदै केही रासायनिक मल समेत आयात हुँदै छ।  कुल आयातको ३० प्रतिशत मलको जिम्मा साल्ट ट्रेडिङले पाएको हो । बाँकी ७० प्रतिशत मल आयात भने यता कृषि सामाग्री कम्पनी लिमिटेडले गर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x