राई भौतिक पुर्बाधार तथा यातायात मन्त्रीमा सिफारिस
बाँके जिल्ला निर्वाचन छेत्र नम्बर २ का सासद माननीय मो इश्तियाक़ राई पुनः मन्त्री बन्ने पक्का भएको छ ।
राई भौतिक पुर्बाधार तथा यातायात मन्त्रीमा सिफारिस हुनु भएको श्रोतले जनाएको छ । राई सपथ ग्रहण हुने कार्यको तयारी छ् । यश अघि सासद राई सहरी बिकास मन्त्री हुँदा बाके जिल्लामा विभिन्न निर्माण सहित कार्यमा योगदान बजेट उपलब्ध गराएका थिए । नितिगत र सुधारको मोडल यस पाली अर्को सबै भन्दा ठूलो बिकासे मन्त्रालयमा झनै प्रभावकारी बन्न सकोस भन्ने स्थानीय रासिद कुरैसी सहिको टोलिले शुभकामना सन्देश समेत दिएको छ । स्थानीय बासीहरुले बाकेमा मन्त्री पाउदा सबै खुशी भएको बताएका छ्न ।
आजै राष्ट्रपतिको कार्यलयका अनुसार ४ बजे नयाँ मन्त्रीको सपथको समय तय भएको छ । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाएपछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो । जसमा मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


