१४ मंसिर २०८३, आईतवार

सरकारको ढुकुटीमा ९ अर्ब ४५ करोड अमेरिकी डलरमात्रै

एसीपी संवाददाता

२८ असार २०७९, मंगलवार ०९:३२ मा प्रकाशित

काठमाडौं  सरकारको ढुकुटीमा अमेरिकी डलर सञ्चिति परिमाण घटेको छ। ताजा तथ्यांकअनुसार सरकारसँग २०७९ जेठ मसान्तसम्ममा डलर सञ्चिति १९.६ प्रतिशतले घटेर ९ अर्ब ४५ करोड कायम भएको छ।

मुलुकको केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०७८–७९ को ११ महिनाको तथ्यांक समेटेर सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत साउनदेखि जेठ मसान्तसम्ममा उक्त परिमाणबराबरले डलर सञ्चिति घटेको हो।

गत असार मसान्तमा कूल विदेशी विनिमय सञ्चिति नेपाली रुपैयाँमा १३ खर्ब ९९ अर्ब ३ करोड रहेकोमा २०७९ जेठ मसान्तमा आइपुग्दा १५.९ प्रतिशतले घटेर ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड थियो भने जेठ मसान्तमा १७.१ प्रतिशतले कमी आई १० खर्ब ३१ अर्ब ८९ करोड कायम भएको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रहेको १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँबाट ६.१ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ९५ करोड कायम भएको छ।

गत जेठ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २५ प्रतिशत थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x