२० कार्तिक २०८३, बिहीबार

चीनको महंगो ऋण नलिने प्रधानमन्त्रीको रणनीतिले कांग्रेसमा खुसियाली, अर्थतन्त्रमा पनि देखियो सुधार

एसीपी संवाददाता

२८ असार २०७९, मंगलवार १८:४९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउको भ्रमणमा महंगो ब्याजदर भएको चिनियाँ ऋण नलिने नीति दोहोर्याएका छन् ।

कम्युनिस्टहरुले देशको ढुकुटी रित्याएर देशमा श्रीलंकाकै जस्तो संकट आउन सक्ने स्थिति बनाएका बेला प्रधानमन्त्री देउवाले अनुदान लिने तर ऋण लिएर देश नै टाट पल्टिने अवस्था नपुर्याउने नीति अख्तियार गरेका हुन् ।

देउवाले चीनसँग अनुदान नै दिन आग्रह गरेका छन् । तर ऋण नलिने स्पष्ट पारेका छन् । जसको कांग्रेसका प्रशंसा भइरहेको छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले चीनसँग ऋण नलिने तर अनुदान मात्र लिने प्रधानमन्त्री देउवाको रणनीति समयानुकुल भएको बताएका छन् । यसले आर्थिक अवस्था तरल भएको बेला देशलाई थप भार वहन गर्न अफ्ठ्यारो पर्ने स्थितिलाई रोक्न पक्कै मद्दत पुग्ने उनको विश्वास छ । यो तरलता कम गर्न फजुल खर्च कटौती गरेर उत्पादनमा जोड दिनुपर्ने सुझाव उनले दिएका छन् ।

यसैबीच प्रधानमन्त्रीको यो नीतिले नेपालको अर्थतन्त्रमा सकारात्मक सूचकहरु देखिएका छन् । एक महिनामै ३० अर्ब विदेशी मुद्रा सञ्चिति बढेको छ । जेठ महिनामा वैदेशिक मुद्रा सञ्चितिमा सुधार आएर मसान्तमा आइपुग्दा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ सञ्चिति कायम भएको छ ।

वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ सञ्चिति रहेकोमा एकै महिनामा २९ अर्ब ९६ करोड रुपैयाँ बराबरको सञ्चिति बढेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x