१४ मंसिर २०८३, आईतवार

माओवादी अध्यक्ष प्रचण्ड आज भारत जाँदै

एसीपी संवाददाता

३१ असार २०७९, शुक्रबार ०६:५४ मा प्रकाशित

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड तीन दिने भ्रमणका लागि आज भारत जाँदै छन् ।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा प्रचण्ड आज दिउँसो १ बजे नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन् ।

डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतकोतर्फबाट निम्तो दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार त्यसक्रममा प्रचण्डले जुलाइको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए पनि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले नै निम्तो दिएपछि औपचारिकरुपमा भ्रमण तय भएको हो ।

प्रचण्डको भारत भ्रमणबारे बिहीबार बसेको माओवादीको स्थायी समिति बैठकमा पनि छलफल भएको थियो ।

प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्किने छन् ।

यसबैची, आज हुने उपसभामुखको निर्वाचनमा प्रचण्ड सहभागी नहुने भएका छन । उनी आज हुने उपसभामुखको मतदान अघि नै नयाँ दिल्ली जाने भएका छन्।

संसद सचिवालयका अनुसार आज दिउँसो ३ बजेबाट उपसभामुखको निर्वाचन हुँदैछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x