१४ मंसिर २०८३, आईतवार

भारतमा पढ्ने छोरी पुर्याउन दिल्ली गएका अमरेशले प्रचण्डको भ्रमण आफूले गराएको भनेर दिउँसै रात पार्न खोजेपछि…

एसीपी संवाददाता

३२ असार २०७९, शनिबार ०६:१६ मा प्रकाशित

काठमाडौं । आफूलाई भारतनिकट भनेर काठमाडौंमा त्रास सिर्जना गरेर आफ्नो दुनो सोझ्याउने गरेका नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले हालै अर्को फण्डा गरेका छन् ।

भारतमा पढ्ने छोरीलाई पुर्याउन नयाँदिल्ली गएका अमरेशले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्रमण आफूले मिलाएको चुरीफुरी गर्दै हिँड्ने गरेको पाइएको हो ।

दिल्लीमा अमरेशको चुरीफुरी सुनेका एक जनाले बताएअनुसार आफू दिल्ली गएर प्रचण्डको भ्रमण सफल बनाउन भाजपाका नेतासँग पहल गरेको दाबी गरेका थिए । उनले आफूलाई भारतले दूतका रुपमा बोलाएको दाबी गर्दै हिँडेका छन् ।

तर तथ्य के हो भने अमरेश भारतमा पढ्ने आफ्ना छोरीलाई पुर्याउन हालै दिल्ली गएका थिए । उनी जुलाई १३ तारिखमा छोरीसँगै नेपाल एयरलाइन्सको विमानबाट दिल्ली गएका थिए । इकोनोमिक क्लासमा टिकट काटेका उनले बिजनेस क्लासमा सारेर छोरी भूमि जोशी सिंहसँगै दिल्ली गएका थिए । उनले बाहिर आफू भ्रमण सफल गराउन गएको भने पनि छोरी छोड्न गएको पुष्टि भएको छ । उनले आफ्नो दुईतर्फी टिकट काटेका थिए भने छोरीको एकतर्फीमात्रै टिकट लिएका थिए ।

दिल्लीमा उनले कांग्रेस आईका नेतासँग भेट्न प्रयास गरिरहेका छन् । उनले राहुल गान्धी, सीताराम यचुरी, शरद पवारलगायत नेतासँग भेट्न खोजेको जानकार स्रोतले बताएको छ ।

छोरीलाई विद्यालयमा पुर्याएर अमरेशले २३ जुलाईमा फर्किनेगरी दुईतर्फी टिकट लिएका छन् । तर उनले विभिन्न सञ्जालमार्फत आफू भारतको खास मान्छे भएको र प्रचण्डको भ्रमणमा सहजीकरण गरेको भन्दै राजनीतिक र नागरिक वृत्तलाई गुमराहमा राख्ने प्रयासमा लागेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x