१४ मंसिर २०८३, आईतवार

चर्का कुरा गर्ने केन्द्रीय सदस्यहरुलाई सानेपामै तह लगाए गृहमन्त्रीले, सम्झाए माओवादीको अशक्त चरित्र

एसीपी संवाददाता

३२ असार २०७९, शनिबार १९:११ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी कमजोर शक्ति भएको विश्लेषण गरेका छन् ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा सत्ता गठबन्धनको विरोध गर्ने केन्द्रीय सदस्यहरुलाई जवाफ दिँदै कमजोर माओवादीले कसै न कसैको साथ खोज्ने र उसलाई छाडेर जान खोजे फेरि एमालेसँग मिल्ने सम्भावना रहेको बताए ।

माओवादीले गठबन्धनबिना एक्लै चुनाव लड्ने अवस्था नभएकाले उसलाई अर्को दल चाहिने भन्दै गृहमन्त्री खाणले यो कुरा ख्याल गर्न नेताहरुको ध्यानाकर्षण गराए ।

खासगरी शेखर कोइराला समूहले गठबन्धनबिनै चुनावमा जानुपर्ने भनेर नेतृत्वको आलोचनामा चर्का कुरा गरिरहेका बेला गृहमन्त्रीले व्यवहारिक पक्ष स्मरण गराउँदै जवाफ दिएका हुन् ।

उनले गठबन्धन गर्दा सबै सीट कांग्रेसले नै पाउने अवस्था नहुने भन्दै त्याग गर्न तयार हुनुपर्नेमा पनि जोड दिए । मेरो गोरुको बाह्रै टक्का कसैले गर्न नहुने उनको भनाइ थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x