१४ मंसिर २०८३, आईतवार

आफ्नै सरकारको बचाउ गर्न सक्ने अवस्थामा छैनौं: महामन्त्री थापा

एसीपी संवाददाता

१ श्रावण २०७९, आईतवार ०४:१२ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको वचाउ गर्न सक्ने अवस्था नभएको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै उहाँले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारको तीव्र आलोचना गरेका आफूहरुलाई अहिले आफ्नै सरकारको वचाउ गर्न गाह्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौं रु आज हामीले प्रतिरक्षा गर्ने अवस्था छ रु हिजो ओली सरकारको तीव्र आलोचना गर्यौं । आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं । हिजोको प्रश्नले आज हामीलाई लखेटिरहेको छ ।’

पार्टीले अर्थ मन्त्रालय आफ्नो भागमा नराखेर गल्ती गरेको पनि महामन्त्री थापाले बताउनुभयो । आफूहरुलाई पार्टीभित्र घेराबन्दी गर्न खोजे चुप लागेर नबस्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, ‘घेराबन्दी गर्ने खेल भइरख्यो भने हामी पनि निर्वाचित महामन्त्री हौं । चुप लागेर बस्दैनौं । विगतमा कहाँ कसले भेला गरे, त्यो फोटो गुगल हेरेर देखिन्छ । ठूलो घर हुनेले ठूलो घरमा बैठक बोलाए, सानो घर हुनेले पार्टी प्यालेसमा बोलाए, के गल्ती भयो ?’

विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ सहनुपरेको भन्दै थापाले अहिले पार्टीभित्रै दम्भ सहनुपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ओलीले दम्भ देखाए, उनको पार्टी फुट्यो । ओलीको दम्भको विरोध गर्ने हामीले पार्टीको दम्भ सहनुपर्ने ?’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x