१४ मंसिर २०८३, आईतवार
भाजपाले मेरो स्वागतमा कुनै कसर बाँकी राखेन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत सरकार र भारतीय जनता पार्टी भाजपाले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताएका छन् ।
तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै आफू पहिले प्रधानमन्त्री भएर जाँदा र अहिले माओवादी केन्द्रको अध्यक्ष भएर भ्रमणमा जाँदा कुनै फरक नभएको प्रतिक्रिया दिए । आफ्नो भारत भ्रमण अपेक्षाअनुसार सफल भएको र कतिपय सन्दर्भमा सोचेको भन्दा राम्रो भएको महसुस भएको प्रचण्डले सुनाए ।
भारतीय सत्तारुढ दल भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत प्रस्थान गरेका थिए ।
Subscribe
Login
0 Comments


